
काठमाडौँ । आज (शनिबार) देशका पहाडी भेगका केही ठाउँमा हल्का वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् ।
यस्तै उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको संभावना पनि रहेको महाशाखाले जनाएको छ । अरु ठाउँमा भने सामान्य बदली रहनेछ ।
अहिले नेपालमा कमजोर पश्चिमी निम्नचापीय प्रणालीको प्रभावले मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
