स्याङ्जामा ब्राह्मण सङ्ग्रहालय निर्माण गरिने

Share:

स्याङ्जा । आँधीखोला गाउँपालिका–१ स्थित पञ्चमूलमा १० लाखमा ब्राह्मण समुदायको इतिहास, परम्परा र संस्कृति झल्किने सङ्ग्रहालय निर्माण गरिने भएको छ ।

पर्यटकीय गाउँ सिरुबारीको निकटमा अवस्थित उक्त स्थानमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको रु पाँच लाख र स्थानीय बासिन्दाको रु पाँच लाख जनसहभागिता परिचालन गरी सङ्ग्रहालय बनाउन लागिएको हो ।

सङ्ग्रहालयमा ब्राह्मण जातिका कला, संस्कृति भल्किने वेषभूषा, गरगहना, परम्परागतरुपमा उनीहरुले प्रयोग गर्ने कृषि उपकरणसहित माटो, काठ, फलाम, पराल र चोयालगायतका विभिन्न घरयासी सामग्री प्रदर्शन गरिने छन् ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले एक समारोहका बीच सो सङ्ग्रहालयको शिलान्यास गर्दै मलुकका सम्पूर्ण जातजातीका कला संस्कृति जगेर्ना गर्नु आजको आवश्यकता भएको बताए ।

कमेन्ट गर्नुहोस्
Share: