सामुदायिक विद्यालयमा प्रयोगात्मक शिक्षा लागु गरौँ– मन्त्री गुरुङ

Share:

पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सामुदायिक बिद्यालय गरिबले मात्र नभएर धनीले पनि पढ्ने बिद्यालयको रुपमा स्थापित गर्नुपर्ने बताएका छन् । पोखरा २२ पुम्दी भुम्दीस्थित शुक्रराज माध्यमिक बिद्यालयको ५१ औँ बार्षिकोत्सब कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।

मन्त्री गुरुङले अभिभाबकले ब्यबस्थापन समितिको पनि निरन्तर खबरदारी गरे मात्र सामुदायिक बिद्यालयको प्रगति सम्भव रहेको बताए । ‘शिक्षा प्रमाणपत्र मात्र होइन ब्यबाहारमा पनि लागु हुनु पर्ने शिक्षा आवश्यक रहेको हुँदा त्यसमा सबैको ध्यान जान जरुरी छ’ मन्त्री गुरुङले भने । उनले सामुदायिक विद्यालयमा प्रयोगात्मक शिक्षा लागु गर्नुपर्ने सुझाए ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य रामजी बरालले बिद्यालयको शैक्षिक प्रगतीमा अभिभाबकको मुख्य भुमिका हुने बताउदै सबै भन्दा पहिले अभिभाबक जागरुक हुनु पर्नेमा जोड दिए । उनले शुक्रराज मा. बिको खेल मैदान निर्माण सम्पन्न गर्न पनि सहयोग गर्ने बताए ।

कार्यक्रममा बिद्यालयको शैक्षिक प्रतिबेदन प्रधानाध्यापक नरनाथ बाराल र आर्थिक प्रतिबेदन लेखापाल जनक बरालले प्रस्तुत गरे । कार्यक्रमा भुपु बिद्यार्थी मन्चका अध्यक्ष बालकृष्ण बरालले बिद्यालयलाई ५लाख ८० हजार बराबरको चेक हस्तान्तरण गरे ।

कमेन्ट गर्नुहोस्
Share: