
पोखरा । पोखरामा ‘दोस्रो सृजना कप कास्की जिल्ला सामुदायिक विद्यालय स्तरिय छात्र/छात्रा भलिबल प्रतियोगिता’ हुने भएको छ । सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको आयोजनमा पोखरा रंगशालामा आगामी फागुन ६ देखी १० गतेसम्म सञ्चालन हुने आज (आईतबार) आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।
‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारा र स्कुल स्कुलमा भलिबल खेल पु¥याउने लक्ष्य सहित हुने प्रतियोगितामा सामुदायिक विद्यालयको कक्षा १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउने सृजना विकास केन्द्रका अध्यक्ष मीनप्रसाद भट्टराईले बताए ।
प्रतियोगिताबाट बिजेता बन्ने छात्र/छात्रा दुबै तर्फका टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ५० हजार प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै, उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ३० हजार प्राप्त गर्नेछ । भने तृतीय स्थान हाँसिल गर्ने टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद १५ हजार हात पार्नेछ । प्रतियोगिताबाट सर्बाेत्कृष्ट बन्ने छात्र तथा छात्रा खेलाडीलाई जनही ५/५ हजारले पुरस्कृत गर्ने तथा दुवै तर्फ अन्य ५ विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई १ थान भलिबल प्रदान गरिने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले बताए ।
गत वर्ष ३३ टिमले सहभागिता जाएकोमा यस वर्ष करिब ५० टिमले सहभागिता जनाउने आयोजकले अनुमान गरेको छ ।
