वालिङमा रमाईलो मेला सम्पन्न, पर्यटन नै समृद्धिको मुख्य आधार हो : मन्त्री लम्साल

Share:

पोखरा । गण्डकी प्रदेशकाउद्योग,पर्यटन,वन तथावातावरण मन्त्रीविकास लम्सालले पर्यटननै समृद्धिको मुख्यआधार रहेको बताएका छन् । ‘पहिला देश अनिमात्रविदेश’ भन्ने मुल नाराका साथ वण्डरफूलवालिङ पर्यटन विकास संस्था र वालिङ नगरपालिकाको आयोजना गरेको प्रथमवालिङ सांस्कृतिक तथा आन्तरीक पर्यटन रमाईलो मेलाको समापन समारोहलाई सम्बोधनगर्दै मन्त्रीलम्साले गण्डकी प्रदेश सरकारले पर्यटनबाट समृद्धि हासिल गर्नको लागि अभियान नै चालएर अगाडी बढीरहेको बताएका हुन् ।

पर्यटनमा गण्डकी प्रदेश अत्यन्तै रमणीय प्रकृति, संस्कृति र भुगोलमा साहशीक खेलका लागि विभिन्न सम्भावनाहरु बोकेको बताउदै मन्त्री लम्सालले पर्यटनका विभिन्न प्रकारहरु रहेको र ति सबैलाई देखेर नै देशको समृद्धिको लागि पर्यटनलाई नै मुख्य आधार मानेर अगाडी बढाएको बताए ।

उनले वन्डरफुल वालिङ पर्यटन विकास संस्थाले गण्डकी प्रदेश सरकार र नेपाल सरकारले सुरु गरेको भम्रण वर्षलाई लक्षित गरेर आयोजना गरेको पर्यटन मेलामा राखेका विभिन्न घरेलु सामानहरुले हाम्रो मौलिकतालाई झल्काएको भन्दै आभार व्यक्तगर्दै सिर्जनशिल कामको लागि शुभकामना दिए । समापन समारोहमा वन्डरफुल वालिङ प्रर्दशन गरेको तयार पारेको भिडियो वृत्त चित्र र अन्तराष्ट्रिय माउन्टेन बाईक प्रतियोगिताको भिडियो हेरेपछि साइकलिङको राम्रो सुरुवात गरेको भन्दै आन्तरीक तथा बाह्य पर्यटन भित्राउन यसले ठुलो सहयोग गर्ने बताएका थिए । ‘वन्डरफुल वालिङको जुन सपना छ त्यो पुरा हुने छ ।’ मन्त्री लम्सालले भने, ‘यहाँहरुले गरेको पर्यटन प्रर्वद्धन सम्बन्धिकामलाई पर्यटनमन्त्रालयले सहयोग गर्न तयार छ ।’

‘पोखरा आउने पर्यटक वालिङ ल्याउन सकिन्छ यहाँहरुले काम गर्नुस गण्डकी प्रदेश सरकारले सहयोग गर्नेछ ।’ बिदेशीएका यूवाहरुलाई स्वदेशमै पसिना बगाउन आग्रह गर्दै उनले यूवाहरुले थालनीगर्ने परिणाममुखी कामको लागि सरकारले जस्तुसुकै वातावरण बनाउन तयार रहेको बताए । उनले यूवाहरुलाई उच्चमनोबलका साथ काम गर्न आग्रह गरे ।

उनले वन्डरफुल वालिङले तयार पारेको भिडीयो वृत्त चित्रलाई गण्डकी प्रदेश पर्यटन मन्त्रालयमा पठाउन आग्रह गर्दै त्यसलाई भ्रमण वर्षको अभिलेखमा राख्ने उल्लेख गरे । कार्यक्रममा प्रदेशका विधायन समितिका सभापति मोहन रेग्मी, वालिङ नगरपालिका प्रमुख दिलिप प्रताप खांण, नेकपा जिल्ला अध्यक्ष पारस गैह्रै, कांगे्रसका वालिङ नगरसचिव भुपराज बगाले, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल लगायतले कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएकोमा शुभकामना दिएका थिए ।

‘पहिला देश अनि मात्र विदेश’ भन्ने मुल नाराका साथ आयोजित महोत्सवमा वालिङ नगरपालिका तथा आसपासका क्षेत्रमा भएका पर्यटकीय संभावनाहरुको पहिचान, प्रवद्र्धन, सम्वद्र्धन र विकास गर्दै स्थानीय समुदायको नेतृत्वमा वालिङलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने प्रयास गरिएको वन्डरफुल वालिङ पर्यटन विकास संस्थाका अध्यक्ष दिनकर नेपालले बताए ।

अन्य व्यापारिक मेला महोत्सव, रमाईलो मेलाहरु भन्दा यो आन्तरीक पर्यटन रमाईलो मेला फरक प्रकृतिको रहेको भन्दै यस्तै कार्यक्रमहरु आगामी दिनहरुमा पनि संस्थाले गर्दै जाने मेला आयोजक समितिका संयोजक आशिष प्रताप खाँणले जानकारी दिए ।

मेला जिल्ला मै पहिलोपटक खोला किनारमा खेलिने विचभलिबल प्रतियोगिता, पञ्चे बाजा प्रतियोगिता, फोटो तथा भिडियो प्रतियोगिता, विभिन्न व्यक्तित्वहरुबीच संस्कृति र पर्यटन सम्बन्धी बहसको आयोजना गरिएको थियो ।

मेलाअवधिभर हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारका साथै विभिन्न व्याण्डहरुको कन्र्सट तथा स्थानीय प्रतिभाहरुलाई स्टेज प्रदान गरिएको कलाकार व्यवस्थापन समिति संयोजक मणिप्रसाद अर्यालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: