आज विश्व क्यान्सर दिवस, विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदै

Share:

काठमाडौँ । आज विश्व क्यान्सर (अबुर्द रोग) दिवस । नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदै छ ।

अन्धविश्वासका कारण नेपालमा क्यान्सर रोगीको सङ्ख्या बढिरहेका बेला वर्सेनि चेतनामूलक कार्यक्रम गरेर क्यान्सरविरुद्धको दिवस मनाउने गरिएको छ । क्यन्सर रोग निबारणका लागि आज पनि सरकारीसँगै विभिन्न गैरसरकारी संघसंस्थाहरुले चेतनामूलक कार्यक्रमहरुको आयोजना गरेका छन् ।

खानपानमा ध्यान र्पुयाए मात्रै पनि क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ । वातावरण र खानापानमा उचित ध्यान नदिँदा क्यान्सर रोगका विरामी बढ्दै गएका हुन् । त्यस्तै सुर्तीजन्य वस्तुको सेवन गर्नेको संख्या बढ्दै गएकाले पनि क्यान्सरको जोखिम बढ्दै गएको बताइएको छ । विकासोन्मुख देशहरुमा भने हेपाटाईटीस बि, सि अनि “ह्यूमन प्यापीलोमा” भाईरसहरुका कारणले पनि क्यान्सर भएको पाईन्छ । केही क्यान्सरहरुभने पुस्तैनीरुपमै जिनमा आउने हुन्छ, कूल क्यान्सरको ५ देखि १० प्रतिशतसम्म यस्ता पुस्तैनी रुपमा आउने आनुवांशिक क्यान्सर पर्दछन् ।

नेपालमा वर्से्नि १५ हजारको क्यान्सर रोगका कारण मृत्यु हुने गरेको तथ्यांक छ । सुर्तीजन्य वस्तुको सेवनका कारणले फोक्सोको क्यान्सरका विरामी धेरै छन् । त्यसपछि पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरका विरामी धेरै भएको बताइन्छ ।

कमेन्ट गर्नुहोस्
Share: