
काठमाण्डौ। अर्थमन्त्री युवराज खतिवडाले आम सञ्चारका माध्यमबाट सरकारले गरेका राम्रा कामको पर्याप्त प्रचार हुन नसकेको बताएका छन्। बल्खुमा पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको भवन शिलान्यास गर्दै उनले सञ्चारमाध्यमले नागरिकमा जागरण ल्याउने र सरकारले गरेका राम्रा कामको प्रचार आवश्यक रहेको बताए।
अर्थमन्त्री खतिवडाले नैतिक र सामाजिक मूल्यमा आधारित भएर पत्रकारिता गर्नुपर्नेमा जोड दिँदै नैतिक मूल्य र मान्यतालाई पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिएका थिए।
अर्थमन्त्री खतिवडाले डिजिटल मिडियाको बढ्दो प्रयोगले छापा माध्यमको लोकप्रियता घट्ने हो कि भन्ने चिन्ता भएपनि छापा माध्यमको आफ्नो छुट्टै महत्व रहेकाले यसको विश्वसनीयता नघट्ने विश्वास व्यक्त गरे।
कमेन्ट गर्नुहोस्
