
पोखरा । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव देशैभर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज (बिहीबार) देशभरिकै मौसम पूर्णरुपमा नखुल्ने मौसमविद्ले बताएका छन् ।
आज दिउँसो पूर्व र पश्चिमी पहाडी क्षेत्रको एक दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ । यस्तै आज बिहान खुलेको ठाउँको मौसम पनि दिउँसो बदली हुनछ भने कतै पनि पारिलो घाम नलाग्ने जनाइएको छ ।
राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
