पोखरा उद्योग वाणिज्य संघ ६६ औँ वर्षमा

Share:

पोखरा । पोखरा उद्योग वाणिज्य संघ ६६ औँ वर्षमा प्रवेश गरेको छ । २०११ सालमा उद्योगी÷व्यवसायीको हकहित रक्षाको लागि स्थापित संघ पोखराको विकास साझेदार पनि हो । पोखराको जेठो सामाजिक संस्थाको हैसियत बनाएको संघको ६६ औं वार्षिकोत्सवको उपलक्ष्यमा शनिबार संघको सचिवालय गैह्रापाटनमा झण्डोत्तलन गरिएको छ ।

झण्डोत्तलन कार्यक्रममा संघका पूर्वअध्ययक्षहरु सुरेशकुमार राजभण्डारी, बसन्त उदास, राजेन्द्रकुमार लालचन, कृष्णमोहन श्रेष्ठसहित संघका वर्तमान अध्यक्ष दामु अधिकारी,पदाधिकारी तथा कार्यसमितिका सदस्य एवं साधारण सदस्यहहरुको उपस्थिति रहेको थियो ।

झण्डोत्तलनसँगै संघले आफ्नो ६६औँ वार्षिकोत्सवको उपलक्ष्यमा मानवसेवा आश्रम छोरेपाटनलाई एकथान रेफ्रिजेरेटर पनि बितरण गरेको छ । संघका अध्यक्ष दामु अधिकारीले आश्रमका प्रतिनिधि राजन सापकोटालाई सो फ्रिज हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा बोल्दै अध्यक्ष अधिकारीले सामाजिक उत्तरदायित्व बहन गर्ने सिलसिलामा मानव सेवा आश्रमको आवश्यकता अनुसारको सहयोग गरिएको बताए । उनले संस्थाको जीवनमा बुढ्यौलीपन आउनु संस्थाको गतिशिलताको प्रतिक भएको बताए ।

यता, संघले वार्षिकोत्सवको अवसरमा शनिबार नापतौलका सामानहरुको परीक्षण तथा नविकरण कार्यक्रम पनि आयोजन ग¥यो । गुणस्तर तथा नापतौल कार्यालय कास्की तथा पोखरा भाँडा ब्यवसायी समितिसँगको सहकार्यमा भएको सो कार्यक्रममा नापतौलका सामानहरुको नविकरण तथा परीक्षण गरिएको संघका महासचिव अर्जुन पोखरेलले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: