चितवनमा जमानसिंह खुल्ला फुटसल प्रतियोगिता हुने

Share:

चितवन । चितवनमा आउँदो फागुन १२ गतेदेखि प्रथम जमानसिंह स्मृति खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ । भरतपुर महानगरपालिका–२६ ज्योतिनगरको न्यू दिव्यज्योति युवा क्लबको आयोजनामा सो प्रतियोगिता हुन लागेको हो ।

१४ फागुनसम्म चल्ने प्रतियोगिताको विजेताले रू ४० हजार र उपविजेताले रू २५ हजार पाउने प्रतियोगिता संयोजक पुकार कुमालले जानकारी दिए ।

यस्तै प्लेयर अफ दि टुर्नामेण्ट, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।प्रतियोगितामा ३० टिम सहभागि हुने आयोजकको अनुमान छ ।

कमेन्ट गर्नुहोस्
Share: