गम्भीर घाइते भएकी पूर्व सचिव कार्की पत्नीको उपचारका क्रममा मृत्यु

Share:

काठमाडाैं । सरकारका पूर्व सचिव अर्जुन कार्कीकी पत्नी मुना अधिकारी कार्कीको उपचारका क्रममा निधन भएको छ । टाउकोमा गम्भीर चोट लागेकी उनको ललितपुरको सानेपास्थित स्टार अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

पति घरमा नभएको बेला मुनामाथि सोमबार बिहान कामदारले आक्रमण गरेका थिए । कार्कीको घरमा काम गर्ने कामदार घरभित्रै झुण्डिएर मृत्यु भएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

कामदारले मुनामाथि आक्रमण गरेर आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । गम्भीर घाइते अवस्थामा भान्सामा रक्ताम्य अवस्थामा लडेकी मुनालाई प्रहरीले अस्पताल पुर्‍याएको थियो ।

घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: