
पोखरा । पोखरा १३ आर्बामा २ टुक्रा पारेर फालिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
पोखरामा १३ आर्बाको साझा बस्ति नजिकैको जंगलमा सोमबार साझ अन्दाजी ४० बर्षिया महिलाको शव आधा शरीर जमिनमा र आधा शरीर बोरामा राखेर फालिएको अवस्थामा भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
स्थानीयले सामुदायिक जंगलमा दाउरा काट्ने क्रममा दुर्गन्ध आएपछि झरेर हेर्ने क्रममा शरीरको खुट्टा तर्फको आधा भाग जमिनमा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयवासीको खबर पश्चात दुर्घटनास्थलमा पुगेको प्रहरी टोलीले उक्त स्थानको करिब ४० मिटर तल बोरामा बाधेर फालेको अवस्थामा टाउको तर्फको आधा भाग फेला पारेको प्रहरीले जनाएको छ ।
शवको प्रकृति हेर्दा करिव ४/५ दिन अगाडी घटना घटाएको हुन् सक्ने देखिएको प्रहरीले जनाएको छ । शवको पहिचान अझै खुल्न सकेको छैन । शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको प्रहरीले जनाएको छ ।
