आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रेम दिवस

Share:

प्रणय दिवसको अवसरमा परिवार साथिभाइहरुलाई विभिन्न उपहार प्रदान गरी प्रेम सद्भाव साटासाट गर्ने प्रचलन रहेको छ । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा नयाँ प्रेमी प्रेमीकाले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् ।

विशेषगरी यस दिवसमा गुलावको फूल उपहार दिएर प्रेम आदान प्रदान गर्ने गरिएको छ । प्रणय दिवसका लागि यस वर्ष भारतबाट एक करोड ५० लाख रुपियाँको एक लाख ६० हजार ‘स्टिम’ गुलाब आयात गरिएको छ । माग बढेकाले गत वर्षको तुलनामा गुलाबको मूल्य बढेको कारण धेरै परिमाणमा फूल आयात गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए। उनले यस दिवसमा खपत हुने दुई लाख स्टिममध्ये एक लाख ६० हजार बाहिरबाट ल्याइने र ४० हजार स्टिम नेपालको उत्पादन हुने बताए। एसोसिएसनका अनुसार गुलाब फूलको अन्तर्रा्ष्ट्रिय रूपमा नै मूल्य बढेकाले यस वर्ष मूल्य वृद्धि हुनेछ । गत वर्ष प्रतिगुलाफ ४० देखि ८० रुपियाँसम्म तिरेका उपभोक्ताले यस वर्ष बढीमा सय रुपियाँसम्म तिर्नुपर्नेछ।

भ्यालेन्टाइन डेको सुरुवात इस्वी संवत् २६९ मा रोमनबाट सुरु भएको हो । सैनिकले नारीसँगको सम्बन्धका कारण कमजोर हुने आभास गरेपछि सम्राटले प्रेम र विवाहमा रोक लगाएका थिए। तर रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लङ्घन गर्ने घोषणा गरे। आफ्नै अभियानविरुद्ध गतिविधि सह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी मृत्युदण्डको सजाय दिए। झुण्डनुभन्दा केही दिनअघि ‘लब फ्रम योर भ्यालेन्टाइन’ भनी हस्ताक्षरसहितको प्रेमपत्र पादरीले आफ्नी प्रेमिकालाई दिएका थिए। भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन मृत्युदण्ड दिइएको थियो।

प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई यही बलिदानको सम्मानमा सोही दिनलाई भ्यालेन्टाइन डेका रूपमा मनाउन थालिएको यो दिवस अहिले विश्वभर चर्चित रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: