प्रतिनिधिसभा बैठक आज : प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने

382
0
Share:

काठमाडौं । सरकार गठन भएको दुई वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने भएका छन्। आज बस्ने प्रतिनिधि सभाको बैठकमा विहान ११ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्रीले शुक्रबार नै सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो। तर, राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको शुक्रबार निधन भएपछि निर्धारित कार्यक्रम स्थगित भएको थियो। बैठकमा उपाध्यायको निधनमा संसदमा एक मिनेट मौनधारण गरेपछि वैठक स्थगित गरिएको हो ।

कमेन्ट गर्नुहोस्
Share: