न्यारोबडी र वाइडबडी प्रकरणमाथि निष्पक्ष छानविन हुनेछ- प्रधानमन्त्री ओली

351
0
Share:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एउटै पार्टीको एउटै सरकारले दुई वर्ष पूरा गर्नुलाई पनि एउटा उपलब्धिका रूपमा लिनुपर्ने बताएका छन् ।

सरकार गठनको दुई वर्ष पूरा भएको उपलक्ष्यमा शनिबार बिहान प्रतिनिधिभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले गरेका कामहरूबारे सदनलाई जानकारी गराइरहेका छन् ।

सम्बाेधनकाे सुरुमै प्रधानमन्त्री ओलीले भने, ‘नेपाल कम्युनिस्ट पार्टीले सरकार सञ्चालन गरेको सात ७३१ दिन अर्थात् २ वर्ष पूरा भएको छ । लामो समयसम्म ६/७ महिनामा सरकार फेरिइरहने विगतको स्थिरतालाई ध्यानमा राख्दा हाम्रो देशमा एउटै पार्टीको एउटै सरकार स्थापना गर्नु दुई वर्ष पूरा गर्नु पनि एउटा उपलब्धिका रूपमा लिनुपर्ने अवस्था आउँदोरहेछ ।

ओलीले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अब नेपालको राष्ट्रिय गौरवको आयोजनाको हैसियतमा रहेको बताए। उनले अमेरिकी सरकारको करिब ५५ अर्ब अनुदान र सरकारको १४ अर्ब हाराहारी लगानीको साथ सम्पन्न हुने यो परियोजनाले राष्ट्रिय गौरव र महत्त्वको हैसियत प्राप्त गरेको उल्लेख गरे ।

उनले भने–‘अमेरिकी सरकारको करिब ५५ अर्ब र नेपाल सरकारको १४ अर्ब हाराहारी लगानीले सम्पन्न हुने यो परियोजनाले राष्ट्रिय गौरव र महत्त्वको हैसियत प्राप्त गरेको छ । आगामी ५ बर्ष यो आयोजनाको काम पूरा भइसक्दा नेपालको अर्थतन्त्र, वैदेशिक व्यापार, भूक्तानी सन्तुलन र ऊर्जा उत्पादनको तस्विर नै बदलिने छ ।’

उनले उर्जा क्षेत्रको विकासको चर्चा गर्दै ८८ प्रतिशत जनतामा विद्युतको पहुँच पुगेको बताए । प्रतिब्यक्ति विद्युत खपत १ सय ४५ बाट २ सय ४५ किलोवाट घण्टा पुगेको, २२ दशमलव ९ प्रतिशत विद्युत चुहावटलाई १५ प्रतिशत ५ प्रतिशतमा झारिएको उनको दावी छ ।

ओलीले न्यारोबडी र वाइडबडी प्रकरणमाथि निष्पक्ष छानविन गर्ने दाबी गरे।

कमेन्ट गर्नुहोस्
Share: