
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतबार) झापा जाँदैछन् । प्रधानमन्त्री ओली आज भद्रपुर विमानस्थल हुँदै झापा पुग्ने सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओली गृहनगर झापा पुगे लगतै दमकका विभिन्न शिलन्यास र उद्घाटनका कार्यक्रममा व्यस्त हुने जनाइएको छ । प्रधानमन्त्री ओलीले दमक ४ मा कृष्णमन्दिर–बेलडाँगी सडक उद्घाटन गर्ने र त्यस लगत्तै दमक ३ र मोरङ्को मिक्लाजुङ् जोड्ने स्थानमा निर्मित पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। यि दुवै योजनाको अघिल्लो पटक प्रधानमन्त्री हुँदा उनैले शिलान्यास गरेका थिए।
यी योजनाको उद्घाटन पछि उनी झापाबाट ईलाम र पाँचथर जोड्ने दमक (चिसोपानी) रवि सडकको शिलन्यासका लागि दमक २ पुग्ने छन्। शिलन्यास पछि उनले दमक २ को बेलडाँगीमा आयोजीत सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ।
कार्यक्रम पछि ओली आज (आईतबार) नै काठमाडौ फर्कने जनाईएको छ।
