
पोखरा । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले वर्तमान सरकार भ्रष्टाचारको आहलमा डुबेको आरोप लगाएका छन्।
समाजवादी विद्यार्थी युनियन पिएन क्याम्पसले आइतबार पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टराईले यस्तो बताएका हुन्। उनले विद्यार्थीहरुलाई सरकारको गैरजिम्मेवार हर्कतको विरोध गर्न आव्हान गरे ।
यस्तै उनले प्रधानमन्त्री आलोचना सुन्नै नचाहने स्वभावको रहेको आरोप लगाएका छन् । अध्यक्ष भट्टराईले अहिलेको सरकार झुठको पुलिन्दा बनेको बताए । शनिबार प्रधानमन्त्रीको सम्बोधन पछि उनले एक वैवाहिक कार्यक्रममा प्रम ओलीलाई सुझाव दिन खोज्दै कुरै नसुनेको गुनासो गरे ।
उनले अगाडि थपे, ‘हाम्रो प्रधानमन्त्रीको एउटा राम्रो गुण छ, आफूलाई मन नपर्ने कसैको कुरा पनि सुन्नुहुन्न । आफ्नो ढिपी छाड्दैनन । यो उहाँको चरित्र हो ।’
