देशभरको आजको मौसम

920
0
Share:

काठमाडौँ । आज (सोमबार) देशका अधिकांश पहाडी क्षेत्रमा आंशिक बदली भएको छ । केही स्थानमा तुवालो पनि लागेको मौसमविदले बताएका छन् ।

आज दिउँसो देशका पूर्वी र मध्यका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । बाँकी क्षेत्रमा आंशिक बदली रहने छ।

यस्तै आज राति देशका पूर्वी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । अरु क्षेत्रमा आंशिक बदली हुने मौसमविदले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: