
काठमाडौं । रत्नराज्य क्याम्पस (आरआर) मा अनेरास्ववियु र नेविसंघको समूहबीच झडप भएको छ । झडप पछि ६ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
वनभोजको विषयलाई लिएर झगडा भएको बुझिएको छ। नेविसंघले घटनामा आफ्ना पक्षका सुमन खड्का, अविष्कार पौडेल, कुशल बस्नेत घाइते भएको जनाएको छ । काठमाडौं मोेडेल अस्पतालबाट उपचारपछि सबै घाइते फर्किएका छन्।
कमेन्ट गर्नुहोस्
