टिपरको ठक्करबाट सडक पेटीमा सुतेका व्यक्तिको मृत्यु

464
0
Share:

काठमाडौं । काठमाडौंमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शंकरापुर नगरपालिका वडानम्बर ६ ढोल्ला भन्ने स्थानमा टिपरले ठक्कर दिँदा स्थानीय ४० वर्षीय प्रविण श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीयबासीका अनुसार श्रेष्ठ सुस्तमनस्थितिका थिए र उनी सडक पेटिमा सुतिरहेका थिए । उनलाई गएराति पौने १० बजेतिर ना १ क ४५६४ नम्बरको टिपरले किचेको थियो । उनको उपचारको क्रममा साँखुस्थित सुष्मा मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुई हप्ताअघि मात्रै कलङ्कीको अण्डरपासमा टिप्परकै ठक्करबाट दुई जनाको ज्यान गएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: