
काठमाडौँ – देशभरका अधिकांश क्षेत्रको मौसम मंगलबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको माथील्लो वायुमण्डलमा पश्चिमी वायु तथा पूर्वी भूभाग नजिक न्यून चापिय क्षेत्रको रहेको मौसमविदले बताएका छन् ।
हाल देशका अधीकांश पहाडी स्थानहरूमा आंशिक बदली र केही क्षेत्रमा तुवालो लागेको छ। अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहेको मौसमविदले बताएका छन् ।
राति देशका पहाडी क्षेत्रका आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। पूर्वी र मध्य पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
कमेन्ट गर्नुहोस्
