कोरोना भाइरसमुक्त घोषणा तयारी

799
0
Share:

काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–नाइन्टिन) बाट नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पर्न नदिन सरकारले विभिन्न काम गर्ने भएको छ ।

सरकारले नेपाललाई कोरोना भाइरसमुक्त क्षेत्र (कोरोना भाइरस फ्री जोन) घोषणा गर्नेदेखि, विश्वभरका पर्यटकलाई स्वागत गर्न तयार रहेको जानकारीसहितको विज्ञापन पनि प्रकाशन / प्रसारण गर्ने भएको हो ।

मन्त्रालयले कोरोना भाइरसमुक्त रहेको श्रब्यदृष्य सन्देश अंग्रेजी, चिनियाँ र हिन्दी भाषामा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार गर्नेछ। मन्त्रालयमा मंगलबार आयोजित छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईल तीन दिनभित्र सन्देशमूलक श्रव्यदृश्य प्रचार सामग्री तयार गरी सम्प्रेषित गर्न निर्देशन दिएका हुन् ।

सात दिनभित्र चिनियाँ सञ्चारमाध्यम र नेपाली नियोगमार्फत सामग्री पठाइने मन्त्रालयले जनाएको छ। प्रचारात्मक सामग्री मन्त्रालय, विदेशस्थित नेपाली नियोग, नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष, २०२० को सचिवालय, पर्यटन सम्बद्ध निजी क्षेत्रका वेबसाइट तथा सामाजिक सञ्जालमा राखिनेछ।

नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको छ।

कमेन्ट गर्नुहोस्
Share: