नेकपाले नेपालको राजनीतिक मानचित्र बदल्यो- अध्यक्ष प्रचण्ड

468
0
Share:

सुर्खेत – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाले नेपालको राजनीतिक मानचित्र बदलेको बताएका छन्।

नेकपाद्वारा मङ्गलबार सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय ‘बृहत्तर अगुवा कार्यकर्ता भेला’ को उद्घाटन गर्दै उनले बताए। प्रचण्डले विश्वमा कम्युनिस्ट शक्तिहरु कमजोर भइरहेको बेला नेपालमा भने बलियो भएर आएको बताए।

दुवै पार्टीको एकताबाट एक असाधारण र ऐतिहासिक काम भएको छु, उनले भने, ‘ यसले नेपालको राजनीतिक मानचित्र बदलेको छ ।’ पूर्वप्रधानमन्त्री प्रचण्डले विश्वमै कम्युनिस्ट शासन भएको देश नेपाल र कुटनीति पक्षलाई जोगाउँदै राष्ट्रिय हितमा एमसीसी पास हुने जनाए।

कमेन्ट गर्नुहोस्
Share: