
काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा गौरीगन्ज १ का ३५ वर्षीय सुवास संग्रौला र ३३ वर्षीय विशाल संग्रौला छन् । उनीहरू दुवैलाई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ६, हात्तीगौंडाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ती महिलालाई विदेश पठाइदिन्छु भन्दै आफ्नै कोठामा लगेर जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
कमेन्ट गर्नुहोस्
