
पोखरा । बैकल्पिक राजनीतिक शक्ति समाजवादी पार्टीले कास्की क्षेत्र नं.१ मा संगठन विस्तार तथा सुदृढीकरण अभियान शुरु गरेको छ । पहिचानसहितको संघीयता, सुशासन, समृद्धि र समावेशीता नारासहित माघ ३ गतेदेखि देशैभर शुरु गरिएको तीन महिने बिसु अभियान कास्की निर्वाचन क्षेत्र नं.१ को बुधबार प्रारम्भ गरिएको हो। पोखरा २६ बुढीबजारस्थित सक्नेरी बुद्ध आमा समुहको भवनमा आयोजित एक समारोहका विच बिसु अभियान तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समाजवादी पार्टीका केन्द्रिय सदस्य एवम गण्डकी प्रदेशका ईञ्चार्ज गणेशमान गुरुङले उद्घाटन गरेका हुन् ।
प्रमुख अतिथि गुरुङले समाजवादी पार्टीको बैज्ञानिक विचार र सिद्धान्तलाई आम जनताको मन मनमा पुर्याउदै अक्षम पुराना पार्टीहरुको विकल्पमा शसक्त पार्टी निर्माणका लागि बिसु अभियान सार्थक हुने दावी गरे । पार्टी विचारबाट जनतालाई प्रशिक्षित र शसक्त संगठन निर्माण गरी पहिचानसहितको संघीयता, सुशासन, समृद्धिहुदै समाजवाद र समुन्नत संघीय समाजवादका लागि आन्दोलन सशक्त बनाउने बताए । समाजवादी आन्दोलनले अक्षम, मुलुकलाई ब्रम्हलुट गर्नेहरुलाई ठेगान लगाउदै समृद्ध नेपाल निर्माण अभियानले फड्को मार्ने दावी गरे ।
समाजवादी पार्टी केन्द्रिय सदस्य तथा बिसु अभियन्ता दिपक वाइबाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य तथा प्रदेस सहईञ्चार्ज धनप्रसाद तामाङ संगठन र पार्टीको संगठनात्मक पद्धति, केन्द्रिय सदस्य तथा तमुवान राष्ट्रिय समिति अध्यक्ष हुमबहादुर तमुले पार्टी र बिसु अभियानका बारे अभिमुखीकरण गरेको थिए। उक्त कार्यक्रममा केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश ईञ्चार्ज राजन केसीले शुभकामना मन्तव्य, प्रदेश उपाध्यक्ष काशीमाया तमुले स्वागत र प्रदेश सदस्य नारायण सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए ।
यसैबिच अभियान अन्र्तगत पोखरा वडा नं.२६ मा बिसु अभियान सञ्चालनका लागि सु.मेघबहादुर तमुको संयोकत्वमा सु.युमबहादुर तमु, राजु तमु लक्ष्मी तमु, सरस्वती देवी तमु, धन देवी तमु, गंगा तमु, लालसुवा तमु, हितमाया तमु र रिता तमु रहेको समिति गठन गरिएको छ।
यसरी नै बिसु अभियान अन्र्तगत फागुन ७ गते रुपागाँउपालिका भेला रुपाकोट सापानीमा र फागुन २० गते मादी गाँउपालिका भेला भैसेमा, पोखरा वडा नं. १३ को फागुन १२ गते तामाङ बौद्ध सेवा समितिमा आयोजना गरिएको अभियन्ता दिपक वाइबाले जानकारी दिए ।

