
काठमाडौं । आज आइतबार पहाडी र हिमाली भेगका केही क्षेत्रमा चट्याङसहित पानी र हिउँ पर्ने सम्भावना रहेको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अहिले देशभरि नै सामान्यदेखि आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो घाम लागे पनि बेलुकीपख फेरि बादल लागेर पहाडका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।
यस्तै राति देशभरको मौसम बदली हुने भई पश्चिमी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
कमेन्ट गर्नुहोस्
