क्यान इन्फोटेकमा क्लियर टिभीकोे विशेष अफर

Share:

पोखरा । नेपालको सबैभन्दा बढी एचडि तथा डिजिटल च्यानल भएको क्लियर टिभीले पोखरामा आयोजित क्यान इन्फोटेकको अवसरमा विशेष अफर प्रस्तुत गरेको छ । क्लियर टिभीका लागि पोखरा क्षेत्रमा सेवा प्रदान गर्दै आइरहेको पोखरा इन्टरनेट प्रालिले उक्त अफर सार्वजनिक गरेको हो ।

अफर अन्तर्गत मात्र ९ सय ९९ रुपैयाँमा २ महिनाका लागि प्रिमियम प्याकेज उपलब्ध गराइएको पोखरा इन्टरनेटका प्रवन्ध निर्देशक सरोज कोइरालाले जानकारी दिए । यो प्याकेजमा २ सय ५५ भन्दा बढी डिजिटल च्यानल र ९५ भन्दा बढी एचडि च्यानल रहेको छ ।

जडानका लागि लाग्ने सेटअप बक्स निःशुल्क उपलब्ध गराइने कप्पनीले जनाएको छ । क्यान इन्फोटेकमा स्टल राखेर क्लियर टिभीले ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । यो अफर फागुन १५ गतेसम्म मात्र लागू हुने क्लियर टिभीका बिजनेस डेभलपमेन्ट म्यानेजर रेजिना आचार्यले जानकारी दिइन् ।

क्लियर टिभी सेवा नेपालभरी नै उपलब्ध रहेको आचार्यले बताइन् । ‘बढी एचडि च्यानल भएकाले क्लियर टिभीमा ग्राहकको आकर्षण बढेको छ,’ उनले भनिन्, ‘उत्कृष्ट पिक्चर क्वालिटी र रियल टायम एक्स्पेरियन्स पनि यसको विशेषता हो ।’ क्यान इन्फोटेक पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी छ ।

कमेन्ट गर्नुहोस्
Share: