देशभर मौसम बदली, आज दिनभर कस्तो रहला ?

1351
0
Share:

काठमाडौं । पश्चिमी वायुका कारण देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली भएको छ ।

मङ्गलबार र सोमबार पानी पारेको पश्चिमी वायु कमजोर हुँदै गएकाले आज (बुधबार) पश्चिमको मौसम विस्तारै खुल्दै जाने र मध्य र पूर्वका केही ठाउँमा भने गर्जन् र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै हिमाली भेगमा हिमपात हुने जनाइएको छ ।

राति मध्य क्षेत्रमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जनाइएको छ । मध्य र पश्चिमी तराईका एक–दुई स्थानमा मेघ गर्जन् र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।

यसैबीच प्रिमनसुनी गतिविधि सुरु भएकाले अब दिउँसोपछि हुरिबतास पनि चल्न थाल्ने मौसमविद्ले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: