कस्तो रहनेछ आजको मौसम ?

734
0
Share:

देशका अधिकांश क्षेत्रको मौसम अहिले सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले नेपालमा पश्चिमी एवं स्थानीय वायुको प्रभाव रहेको मौसमविदले बताएका छन् ।

देशको पहाडी क्षेत्रमा अहिले बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको जनाइएको छ। बिहीबार दिउँसो पश्चिमी भूभागमा सामान्य बदली रही मध्य र पूर्वी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ।

पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरीसहित असिना पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । मध्य र पूर्वी पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जनाइएको छ ।

बिहीबार राति देशको पश्चिमी भूभागमा सामान्य बदली र बाँकी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ।

कमेन्ट गर्नुहोस्
Share: