सिद्ध माविमा खेलकुद पुरस्कार वितरण

549
0
Share:

पोखरा । सिद्ध मावि पोखरा १५ फलेपाटनमा शैक्षिक सत्र २०७६ को खेलकुद पुरस्कार वितरण गरिएको छ ।

कार्यक्रममा पुरस्कार तथा मेडल वितरण गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नंं. १५ का वडाध्यक्ष प्रकाश पौडेलले मेडल प्राप्त नगर्ने विद्यार्थीहरुलाई अर्को शैक्षिक सत्रमा कडा मिहिनेत गर्न अनुरोध गरेका छन् । हरेक विद्यार्थी विशेष क्षमता लिएर जन्म लिने भएकाले कोही खेलकुदमा, कोही पढाईमा त कोही कला साहित्यमा अगाडि हुने हुनाले आफूमा भएको अन्र्तनिहीत प्रतिभाको पहिचान गरि अगाडि बढ्न आग्रह गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवबहादुर भण्डारीले सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै खेलकुद कार्यक्रमलाई भव्य र सव्य रुपमा सम्पन्न गराउन सहयोग गर्ने सम्पूर्ण शिक्षक तथा विद्यार्थीलाई धन्यवाद दिए ।

विव्यसका अध्यक्ष शिवबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक गुरुदत्त कोइरालाले स्वागत मन्तव्य र सहायक प्रधानाध्यापक जुना थापाले कार्यक्रमको सञ्चालन गरेका थिए । त्यस्तै शिक्षक अभिभावक संघकी अध्यक्ष विष्णु पन्थ, विव्यसका सदस्य द्धय मीनबहादुर भुजेल र त्रिवेणी पौडेलले अविर लगाएर विद्यार्थीलाई बधाई तथा शुभकामना दिएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: