स्वावलम्बी कृष्णलाई काइन्डनेस क्लब मदरल्याण्डको सहयोग

Share:

पोखरा । शारिरीक रुपले कमजोर भएतापनि स्वावलम्बी कृष्ण थापालाई मदरल्याण्ड माध्यमिक विद्यालयको काइन्डनेस क्लबले सहयोग गरेको छ । विद्यालयमा एक कार्यक्रमको आयोजना गरी क्लबले कृष्णलाई सहयोग गरेको हो ।

उनलाई नगद रु १ लाख ६० हजार रकम सहयोग प्रदान गरिएको हो ।

शारीरिक रुपले अशक्त भएतापनि कृष्ण स्वालम्बी युवाका रुपमा आफूलाई उभ्याउँदै हरेक युवाका लागि प्रेरणाका श्रोत बनेका छन् । शारिरीक अक्षमताका बाबजुद सबेरै उठेर घरघरमा पुगेर पत्रिकाहरु बाँड्ने गरेका छन् ।

उनको बारेमा बिग एफ.एमका पूर्व कार्यक्रम प्रमुख सन्जोक बस्यालले वृत्तचित्र कृष्ण समेत निर्माण गरिसकेका छन् ।

हेर्नुहोस् वृतचित्र :

कमेन्ट गर्नुहोस्
Share: