कोरोना भाइरस : इटालीमा एकैदिन ४ सय ७५ को ज्यान गयो, चीनको वुहानमा शून्य

Share:

काठमाडौँ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) का कारण इटालीमा एकैदिन ४ सय ७५ को ज्यान गएको छ। कोरोनाको प्रकोपपछि एकैदिन ज्यान गुमाउनेको यो सङ्ख्या संसारकै सबैभन्दा ठूलो मानवीय क्षति हो।

यो सँगै इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २ हजार ९ सय ७८ पुगेको छ। ३५ हजार सात सय १३ जनामा सङ्क्रमण देखिएकोमा चार हजारभन्दा बढी उपचारपछि घर फर्किएका छन् ।

यता चीनले भने इपिसेन्टर वुहानमा संक्रमण शून्यमा झारेको छ । मंगलबार १३ को ज्यान गएकोमा बुधबार भने संक्र

मणका कारण कसैको पनि ज्यान गएन । गत डिसेम्बरको अन्तिम सातादेखि देखापरेको संक्रमणले आक्रन्त बनेको वुहानमा बुधबार शून्य संक्रमण देखिएको हो ।

कोरोनाका कारण ३ हजार २ सय ३७ को ज्यान गएको चीनमा अझै ८० हजार ८ सय ८९ मानिस संक्रमित छन् । यीमध्ये २ हजार ६ सय २२ को अवस्था भने गम्भीर रहेको बताइएको छ ।

भाइरसका कारण अहिलेसम्म विश्वभरबाट आठ हजार ९ सय ५३ जनाको ज्यान गइसकेको छ । दुई लाखभन्दा धेरै सङ्क्रमण पुष्टि भएका घटनामा ८० प्रतिशत युरोप र दक्षिणी प्रशान्त क्षेत्रमा देखिएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: