
काठमाण्डौ। सरकारले वैदेशिक रोजगारीमा जान नपाएकाहरुलाई रोजगारी दिने भएको छ। सरकारको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले कोरोनाका कारण विदेश जान नपाएकालाई रोजगारी दिने बताएका हुन्।
‘काम गर्ने चाहने व्यक्तिले नाम सूचीकृत गर्नुभयो भने सरकारले त्यस्ता व्यक्तिलाई रोजगार दिन्छ,’ मन्त्री खतिवडाले भने।
उनले अहिलेको अवस्थामा साना काम गर्न चाहनेलाई सरकारले रोजगार दिनसक्ने बताए। तर टेबल वर्क मात्र गर्छु भन्नेलाई सरकारले रोजगारी दिन नसक्ने उनले जनाए। उनले भने, ‘म सानो काम गर्दिन, टेबल वर्क मात्र गर्छु भनिदिनु भएन ।’
कमेन्ट गर्नुहोस्
