
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को कारण अहिलेसम्म विश्वभर मृत्यु हुनेको संख्या ११ हजार ३ सय ८३ पुगेको छ। विश्वभर संक्रमितको संख्या २ लाख ७५ हजार १ सय ८४ पुगेको छ। संक्रमणपछि निको भएर घर फर्किनेको संख्या ९१ हजार ५ सय ३३ पुगेको छ।
यस्तै, इटलीमा एकै दिन ६ सय २७ जनाको मृत्यु भएको छ । इटलीमा एकै दिनमा मृत्यु भएको यो संख्या विश्वकै अहिलेसम्मकै धेरै हो । योसँगै कोरोनाबाट इटलीमा मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको छ। इटलीमा हिजो झण्डै ६ हजार नयाँ संक्रमित थपिएपछि त्यहाँ संक्रमितको संख्या ४७ हजार पुगेको छ।
पछिल्लो समय इटली, इरान, स्पेन, फ्रान्स, अमेरिका, बेलायत, स्वीट्जरल्याण्डमा, बेलायत, नेदरल्याण्ड, बेल्जियम, दक्षिण कोरिया, भारतमालगायतका देशमा नयाँ सङ्क्रमण र ज्यान गुमाउनेको संख्या लगातार बढेको छ।
