कस्तो रहनेछ आज देशभरको मौसम ?

242
0
Share:

मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक र स्थानिय वायुको प्रभाव रहेको जनाएको छ ।

आइतबार जारी गरेको मौसम पूर्वानुमानमा हाल देशको पुर्वी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको र बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ ।

मौसम पूर्वानुमानका अनुसार दिउँसो देशको पूर्वी भु–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

अपरान्हपश्चात भने देशका केहि स्थानहरुमा सामान्य बदली भई मेघ गर्जन,चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

पूर्वानुमानमा अनुसार आज राति देशको पूर्वी र मध्य भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने पूर्वानुमानमा उल्लेख छ ।

देशको पूर्वी र मध्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: