
काठमाडौं । नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यमा कोरोना भाइरस (कोभिड १९) बाट एक युवकको मृत्यु भएको छ ।
राजधानी पटनाको एम्स अस्पतालमा उपचार गराइरहेका ३८ वर्षीय युवकको शनिबार बिहान मृत्यु भएको हो । हालसालै ती व्यक्ति कतारबाट फर्किएको बीबीसी हिन्दीले जनाएको छ। यसअघि बिहार राज्यमा कसैमा पनि कोरोना सङ्क्रमण भेटिएको थिएन ।
योसँगै भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ६ जना पुगेको छ । सङ्क्रमितहरूको सङ्ख्या बढेर ३४१ पुगेको छ। जसअनुसार आइतवार मुम्बईमा छजना र पुणेमा चारजना गरी महाराष्ट्र राज्यमा थप १० जना नयाँ सङ्क्रमित फेला परेका हुन्।
कमेन्ट गर्नुहोस्
