कास्कीमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि गर्न नमुना काठमाडौं पठाइयो

Share:

पोखरा । पोखरामा बुधवार मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि गर्न नमुना काठमाडौं पठाइएको छ । क्वारेन्टाइनमा राखिएकै अवस्थामा गम्भीर बिरामी भएपछि उपचारका लागि ल्याउदै गर्दा मृत्यु भएपछि कोरोना भाइरसको संक्रमण भए नभएको पुष्टि गर्न नमुना संकल गरेर पठाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद बिन्दु शर्माले जानकारी दिएका छन् ।

कास्की रुपा गाउँपालिकाका ५० वर्षीय ती पुरुष बाह्र दिन अघि भारतको हैदरावादबाट आएका र मंगलबारबाट रुपा गाउँपालिकाले देउराली विश्व शान्ति स्तुपमा तयार पारेको क्वारेन्टाइन बसेका थिए । उनी पहिलेदेखि मुटुको रोगी रहेको भनिएतापनि अहिलेको अवस्थालाई ख्याल गर्दै घाँटीको स्वाब निकालेर काठमाडौं पठाइएको निर्देशक डा. शर्माले बताए।

मृतक व्यक्तिसहित तिन जनाको नमुना संकलन गरेर बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाइएको पनि निर्देशक डा. शर्माले जानकारी दिएका छन् । फ्रान्सबाट कतार हुँदै बागलुङ पुगेकी बागलुङ नगरपालिकाकी एक महिला तथा पोखरास्थित सिवेक हस्पिटलबाट एक जनाको कोरोना संक्रमणको आशंकामा स्वाब परीक्षणका लागि पठाइएको हो । परीक्षणको नतिजा तिन दिन भित्रमा आउने जनाइएको छ ।

यो पनि पढ्नुहोस् :
पोखरामा क्वारेन्टाइनमा राखिएका एक पुरुषको मृत्यु

कमेन्ट गर्नुहोस्
Share: