कोरोना कहर : छिमेकी राष्ट्र भारतमा ज्यान गुमाउनेको संख्या १३ पुग्यो

Share:

काठमाडौं । भारत प्रशासित कश्मीरमा कोरोना भाइरस (कोभिड १९) बाट एक जनाको ज्यान गएको छ । कश्मीरमा कोरोनाका कारण पहिलो व्यक्तिको ज्यान गएको हो । यो सँगै भारतमा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।

बिहीबार बिहान श्रीनगरको चेस्ट डिजिज अस्पतालमा ६५ वर्षीय पुरुषको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी भारतको नयाँ दिल्ली, उत्तर प्रदेश र जम्मू हुँदै फर्किएको एउटा समूहसँगै कश्मीर पुगेका थिए । ज्यान गुमाउने व्यक्ति मधुमेह, रक्त चाप र मोटोपनाबाट पीडित रहेको बताइएको छ ।

भारतमा अहिलेसम्म ६ सय ४९ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: