
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल भर्ना गरिएको छ । अस्वस्थ भएपछि उनलाई बिहीबार राति नै महाराजगञ्जको त्रिवि शिक्षण अस्पताल परिसरस्थित मनमोहन कार्डियो थोरासिक, भास्कुलर एण्ड ट्रान्स्प्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।
उनको मुटुको चालमा केही तलमाथि देखिएको भए पनि अहिलेसम्म स्थिति सामान्य बनिसकेको र आजै डिस्चार्ज गर्ने तयारी भएको अस्पताल स्रोतले बताएको छ ।
ओली गत फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि ओलीलाई ३० गते अस्पतालबाट सरकारी निवास बालुवाटार फर्काइएको थियो ।
कमेन्ट गर्नुहोस्
