
रुपा गाउँपालिका–५ मा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएका ५५ वर्षीय विश्ववन्धु नेपालीलाई स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याउदै गर्दा चैत १२ गते मृत्यु भएको थियो ।
मृत्युपश्चात कोराना भए वा नभएको पुष्टि गर्न नमूना परीक्षणका लागि काठमाडौँस्थित टेकु अस्पताल पठाइएकोमा रिपोर्ट नेगेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
क्वारेन्टाइनमा राखिएको नेपालीको मृत्यु भएपछि कोरोना सङ्क्रमण भएको आशङ्का गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
