क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु

Share:

रुपन्देही । बुटवल धागो कारखानास्थित कोरोना विषेश अस्पताल क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु भएको छ । पाल्पा रिब्दीकोट स्थायी घर भई बुटवल सैनामैना नगरपालिका–४ बस्ने ३४ बर्षिय बाबुराम थापाको आइतबार मृत्यु भएको हो ।

चैत ६ गते संयुक्त अरब इमिरेट्स (युएई) बाट काठमाडौं आएका उनी चैत ७ गते बस चढेर सैनामैना पुगेका थिए । थापालाई उतैबाट आउँदा ज्वरो आएको भए पनि घरमै बसेर औषधि खाएको खुलेको छ । घरमा औषधि खाँदा निको नभएपछि उनी १३ गते अस्पताल आएका थिए।

उनलाई आइतबार आईसियुमा राखी उपचार गर्ने तयारी गरिरहेको बेला मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । उनको मृत्यु के कारणले भएको हो भन्ने अझै पुष्टि भएको छैन । थापाको स्वाव आजमात्रै परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला काठमाडौं पठाइएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: