
पोखरा । पोखरा १४ चाउथेमा रहेको एकता बचत तथा ऋण सहकारी संस्थाले गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको छ ।
सहकारीले उक्त कोषमा १ लाख १ हजार १ सय ११ रुपैंयाँ सहयोग गरेको हो । आइतबार गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङलाई सहकारीका अध्यक्ष बालकृष्ण काउछा मगर, उपाध्या नवराज सुवेदी, सचिव सुदर्शन पौडेलले चेक हस्तान्तरण गरेका हुन् ।
कोरोना रोकथाम तथा व्यवस्थापन कोषमा सहकारीले सहयोग गरेको मुख्य मन्त्री गुरुङले धन्यवाद व्यक्त गर्दै कोरोनासँग जुध्न सबै एकजुट हुनुपर्ने बताए ।
कमेन्ट गर्नुहोस्
