
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बोस्टवानामा पनि तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै अहिलेसम्म विश्वका दुई सय देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको छ ।
यसैबीच कोरोना भाइरसका कारण सिरियामा पनि पहिलो व्यक्तिको ज्यान गएको छ । एक जना महिलाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको भनिए पनि उनीबारे अरु विवरण खुलाइएको छैन । अरु नौ जनामा कोरोना पुष्टि भएपछि अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ ।
विश्वभर अहिलेसम्म कोरोना संक्रमणका कारण ३७ हजार ८ सय ३२ जनाको मृत्यु भएको छ । यस्तै कोरोना संक्रमितको संख्या ७ लाख ८६ हजार ६ सय ७ पुगेकोे छ भने यस्तै १ लाख ६५ हजार ८ सय ७४ जना उपचारपछि निको भएका छन् ।
सबैभन्दा धेरै इटलीमा मात्रै कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ९१ पुगेको छ । यस्तै स्पेनमा सात हजार सात सय १६ जना, फ्रान्समा तीन हजार २४ जनाको मृत्यु भएको छ । चीनमा हालसम्म ३ हजार ३ सय ५ जनाको मृत्यु भएको छ ।
युरोपपछि अमेरिकामा पनि कोरोना फैलिने क्रम तीव्र गतिमा बढिरहेको छ । अमेरिकामा तीन हजार एक सय ६५ जनाको मृत्यु भएको छ ।
यस्तै अमेरिकामा सबैभन्दा धेरै सङ्क्रमित छन् । अमेरिकामा मात्रै सङ्क्रमितको संख्या एक लाख ६२ हजार सात सय ६१ जना पुगेको छ । अमेरिकापछि इटलीमा एक लाख एक हजार ३९ सात सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
