‘लकडाउन’ कविता प्रतियोगीता आयोजना

Share:

पोखरा । यति बेला संसारभर कोभिड १९ अर्थात कोरोना भाइरसको त्रास छ । यो भाइरसका कारण विश्वभर हजारौंको ज्यान गइसकेको छ । धेरै देशका नागरिक सडकमा खुलमखुल्ला हिड्न सकिरहेका छैनन् ।

स्थिती नेपालको पनि त्यस्तै हो । लकडाउनका कारण लगभग १० दिन देखि नेपाल बन्द छ । नेपाल भरका नागरिक अहिले घरको मुख्य गेट बन्द गरेर घर भित्र थुनिएका छन् । यसै सन्दर्भमा ‘मझेरी द लकडाउन कविता प्रतियोगीता’ आयोजना हुने भएको छ । ‘एस आर विएन मिडिया’ ले आयोजना गरेको प्रतियोगीतामा संसारभरबाट नेपालीहरुले भाग लिन सक्नेछन् ।

आफैले रचना गरेको कवितावाचन गरेको भिडियोलाई क्यामेरा अथवा मोवाइलले खिचेर एस आर विएन मिडियाको आधिकारिक इमेलः Majheripoetry@gmail.com मा पठाउनु पर्ने आयोजकले जनाएको छ । प्रतियोगीतामा प्रथम हुनेले १ लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले पच्चिस हजार प्राप्त गर्नेछन् ।

प्राप्त भिडियोबाट टप १० लाई फाइनल प्रतिस्पर्धा गराइने आयोजक संस्थाका सिइओ विपिन कुमार आचार्यले जानकारी दिए । कार्यक्रमको फाइनल लक डाउन सकिएलगत्तै गर्ने आयोजकको तयारी छ ।

कमेन्ट गर्नुहोस्
Share: