
पोखरा । पोखराको चाउथेमा बुधबार राति मोटरसाइकल कुलोमा खस्दा एक जनाको मृत्यु भएको छ ।
चाउथे स्थित खसीबजार चोक नजिकैको सडक छेउको कुलोमा ग ११ प ८२८१ नम्बरको बुलेट बाइकमा सवार एक जना मृत फेला परेको प्रहरीले जनाएको छ । पोखरा लेखनाथ सुन्दरीबजार बस्ने ३८ बर्षीय निम राज पुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
स्थानीयले उक्त स्थानमा महिलाको चप्पल समेत देखिएको बताएका छन् । मोटरसाइकलमा अरु सवार रहे नरहेको बारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
