
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर संक्रमित हुनेको संख्या १० लाख नाघेको छ । पछिल्लो विवरणअनुसार १० लाख १५ हजार ६६७ जना संक्रमित भएका छन् ।
यसैगरी भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ५३ हजार २०० पुगेको छ । करिब ६ हजार मृतक थपिँदा मृत्यु हुनेको संख्या बढेको हो । दुई लाख १२ हजार ९ सय ९१ व्यक्ति निको भएर घर फर्कंएका छन् ।
अमेरिकामा सबैभन्दा बढी २ लाख ४४ हजारभन्दा बढीमा भाइरसको संक्रमण भएको छ । त्यहाँ ६ हजारभन्दा बढीको मृत्यु भएको छ ।इटालीमा सबैभन्दा धेरैको मृत्यु भएको छ । त्यहाँ १३ हजार ९१५ को मृत्यु भएको छ ।
इटालीपछि सबैभन्दा बढी १० हजार३४८ जनाको ज्यान गएको छ । बेलायतमा मृत्यु भएकाहरुको संख्या २ हजार ९ सय २१ पुगेको छ । संक्रमण हुनेको संख्या ३३ हजार ७१८ पुगेको छ ।
