युवा संजालको हेल्थ हेल्पलाइन सुरु

629
0
Share:

काठमाडौं । राष्ट्रिय युवा सञ्जालले कोरोना (कोभीड १९) बारेमा जानकारी दिन हेल्थ हेल्पलाइन सार्वजनीक गरेको छ । संजालले यो माहामारी विरुद लड्न र आम नागरीकलाई सुरक्षीत रहन आफ्नो स्वास्थ्य अबस्थावारे जानकारी दिन हेल्थ हेल्पलाइन सार्वजनीक गरेको संजालका अध्यक्ष विवेक त्रिपाठीले जानकारी दिए ।

कसैलाई ज्वरो आएमा वा कुनै पनि स्वास्थय समस्या देखा परेमा सातवटै प्रदेशमा विरामीहरुले सिधै डाक्टरहरु सम्र्पक गर्न सक्नेछन् । विश्व स्वास्थय संगठनले महामारी घोषणा गरेको कोरोना भाइरसबाट वच्न र थप संक्रमण फैलन नदिन संजालले हेल्पलाईन स्थापना गरेको हो ।

पछिल्लो समय अस्पतालहरुमा सामान्य विरामी समेत हस्पीटल जाने अवस्था छैन यस्तो अवस्थामा घरवाटनै आफ्नो स्वास्थय अवस्था थाहाँ पाउनको लागी संजालले मेडिकल टिमको सम्र्पक नम्वरहरु प्रकाशन गरेको त्रिपाठीले बताए ।

संजालले यो परिस्थीतीमा आफ्ना मातहतका सवै प्रदेश तथा नगरपालीका गाउँपालीका संजालहरुलाई रचनात्मक सहयोग गर्न आह्वान गरेको छ । संजालको नेतृत्वमा विभिन्न स्थानमा खाद्य सामाग्री तथा सेनीटाइजर सामाग्री समेत वितरण गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: