नेपालमा रहेका विभिन्न देशका ८ सय पर्यटकको उद्दार

474
0
Share:

काठमाडौं । नेपालमा रहेका विभिन्न देशका करिब ८ सय जना नागरिकलाई सम्बन्धित देशले चार्टर उडानमार्फत उद्धार गरेका छन्।

कतार एयरका दुईवटा विमानले काठमाडौंमा अलपत्र परेका ६ सयभन्दा धेरै विदेशी पर्यटकलाई शनिबार उनीहरूकै देश फिर्ता लगेको छ। हिजो विहान रित्तै आएका दुई वटा कतार एयरवेजका चार्टर विमानले जर्मनी, फ्रान्स र युरोपियन मुलुकका नागरिकलाई लिएर गएको हो ।

यस्तै मालिन्दो एयरले सिंगापुर र मलेसियाका ७३ जनालाई फिर्ता लगेको छ। यसैगरी, काठमाडौंमा अलपत्र परेका १ सय २ चेक यात्रुलाई चेक एयरलाइन्सको विशेष विमानले उद्धार गरेको छ।

शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर गरिएका चारवटा विमानले उडान भरेको विमानस्थलले जनाएको छ ।

यस्तै आज (आइतबार) अमेरिकन नागरिक लैजान कतार एयरवेज जहाज काठमाडौं आउने भएको छ ।

यो पनि पढ्नुहोस्:

जर्मनी र फ्रान्सका नागरिक लैजान आइपुग्यो चार्टर्ड जहाज, मलेसियाका नागरिकलाई पनि आजै लैजाने

कमेन्ट गर्नुहोस्
Share: