मन्त्रिपरिषद बैठक आज बस्दै

Share:

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज अपराह्न चार बजे बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कोरोना भाइरसको संक्रमणका कारण जारी रहेको लकडाउनको बारे र नियमित विषयमा निर्णय हुने बताइएको छ ।

सरकारले पहिलोपल्ट चैत्र ११ गतेदेखि साताव्यापी लकडाउनको घोषणा गरेको थियो । १७ गते बसेको उच्चस्तरीय समितिको बैठकले २५ गते राती १२ बजेसम्म लकडाउन लम्ब्याएको थियो ।

सरकारले अन्तर्राष्ट्रिय उडान भने अप्रिल १५ सम्म रोक्ने निर्णय यसअघि नै गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्
Share: