
काठडमाडौं । प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसको जोखिम उच्च रहेकाले सावधानी अपनाउन आग्रह गरेका छन् । आज देशवासीका नाममा संबोधन गर्दै प्रधानमन्त्री ओलीले सबैको सहयोगले भाइरस नियन्त्रणमा राख्न सकिएको भन्दै उनले अझै सहयोग र विशेष सचेतता अपनाउन आग्रह गरेका छन् ।
सरकारले समयमै कदम चालेकाले धेरैको जीवन बचाएको दावी गदै उनले केही दिनको अरु संर्घषले अझ धेरैको जीवन जोगाउन सकिने बताए । उनले दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नुपर्ने नागरिकलाई समस्या भए पनि नागरिकको जीवन रक्षाका लागि लकडाउनको विकल्प नभएको बताए । साथै कोही मानिस भोकै नपरुन् भन्नेमा सरकार सचेत रहदै गरिब, मजदुर भोकै नपरुन् भनि राहत वितरण थालिएको पनि बताए ।
कोरोना महामारीको दोस्रो चरणमा प्रवेश गरेकाले लकडाउन कष्टकर भए पनि पूर्णरुपमा पालना गर्न उनले अनुरोध गरेका छन् । यस्तै सरकारले चाँडै नै कोरोनाको संक्रमित व्यक्ति कहाँ कहाँ पुगे भन्ने ट्रेसिङ एप शुरुवात गर्न लागेको पनि उनले जानकारीे दिए ।
